संसद बिघटनको बिरोधमा बुटवलमा सत्तारुढ दल नेकपा लगायतका दल तथा बिभिन्न संगठनहरुद्धारा बिरोध प्रदर्शन

बुटवल,५ पुस ।
संसद बिघटन गर्ने प्रधानमन्त्रि केपी शर्मा ओलीको कदमको बिरोधमा बुटवलमा सत्तारुढ दल नेकपा लगायतका राजनीतिक दल तथा बिभिन्न संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रि केपी शर्मा ओलीले चालेको कदमको बिरोधमा सत्तारुढ दल नेकपाको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको हो ।

बुटवलको ट्राफिक चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य सरीता श्रीस,अनेरास्ववियुका केन्द्रीय सदस्य अनुप पोखरेल,जिल्ला सह संयोजक विष्णु खत्री लगायतले कसैको सनकको भरमा संसद बिघटन हुन नसक्ने भन्दै नेकपाका कार्यकर्ता सनकी नेताको सती जान नसक्ने बताउनु भएको थियो ।

नेपाली जनताले लामो समयको त्याग तपस्या र वलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कुनै अमुक नेताको सनकका भरमा नेपाली जनताको अभिमतको अपमान गर्ने छुट कसैलाई नभएको उनिहरुको भनाई थियो ।

यसैबीच संसद बिघटन गर्ने प्रधानमन्त्रि केपी शर्मा ओलीको कदमको बिरोधमा विवेकशील साझा पार्टीले पनि बुटवलमा प्रदर्शन गरेको छ ।

विकेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले बुटवलको अस्पताल लाइनमा कालोपट्टी बाधेर बिरोध प्रदर्शन गरेका हुन् ।

उनिहरुले संविधान मिच्न पाइदैन,यो पञ्चायत होइन केपी ओली,तिमि श्री ५ हाइनौं,लोकतन्त्रको रक्षा गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

You might also like