प्रधानमन्त्री ओलीले इतिहासकै ठूलो भुल गरेको रिपोर्टर्स क्लवमा वोल्ने लुम्बिनी प्रदेशका सभासदको टिप्पणी
बुटवल ६ पुस
लुम्बिनी प्रदेशका सांसदहरुले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमले मुलुक र लोकतन्त्र नै धरापमा परेको धारणा राख्नु भएको छ ।
उनिहरुले संविधान विपरित सनकको भरमा प्रधानमन्त्री ओलीले संसद बिघटन गर्नु भएको भन्दै तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गर्नु भएको छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकार र राष्ट्रिपतिको कदम असंवैधानिक भएकोधारणा राख्नु भयो ।
प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उहाँले केन्द्रीय राजनीतिबाट प्रदेशमा पर्ने प्रभावहरुका बारेमा चिन्ता नगर्न आग्रह गर्दै प्रदेशको नेतृत्वका लागि अन्य दल तयार र सक्षम रहेको स्पष्ट पार्नु भयो ।
उहांले अव नेपाली राजनीतिमा ओलीजस्तो भष्माशुरको कहिलेपनि जन्म नहोस् भन्ने टिप्पणी समेत गर्नु भयो ।
सत्तारुढ दल नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले प्रधानमन्त्री ओलीले इतिहासकै ठूलो भूल गरेको बताउदै संसद विगटन गर्नु पार्टीमात्रै नभइ मुलुककै बर्बादी भएको बताउनु भयो ।
वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको समेत उहांले बताउनु भयो
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गर्नु भयोे । प्रधानमन्त्रीओलीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उहांले संसद विगटन गर्नु असंवैधानिक भएको धारणा राख्नु भयो । नेकपाकै अर्का सांसद तुलाराम घर्तिले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताउनु भयो । केन्द्रको राजनीतिक समीकरणले प्रदेश सरकारको समीकरण पनि बदलिन सक्ने संकेत गर्दै उहाँले प्रधानमन्त्रीको कमदप्रति कडा शब्दमा निन्दा गर्नु भयो ।
प्रधानमन्त्रीको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाका बारेमा छिटो सोचेर टुंगाउनुपर्ने तर्क गदै उहांले अब क्षमा दिन नसकिने धारणा राख्नु भयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले प्रधानमन्त्रीले पहिलेदेखि नै अधिनायकवादी शैली अपनाउँदै आएको बताउँदै सन्किपनामा संसद विगटन गरेको आरोप लगाउनु भयो ।
मुलुक कोभिड–१९ को मारमा परिरहेका बेला आगामी वैशाखमा हुने भनिएको निर्वाचनको परिकल्पना समेत गर्न नसकिने उहाँको भनाइ रहेको थियो ।।
यसैगरी नेपाल बार काउन्सिलका केन्द्रिय पार्षद बाबुराम पाण्डेले अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न कुनै अधिकार नदिएको बताउनु भयो । क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कपिल ज्ञवालीले गर्नु भएको थियो ।