प्रचण्ड समूहद्धारा माधव नेपाललाई नेकपा अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने निर्णय

काठमाडौ ७ पुस
नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।
सोबारे छलफल गर्न अहिले नेकपाको ओली इतर समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा सुरु भएको छ ।

You might also like