नागरिक समाज दाङले प्रतिनिधिसभा विघटन गर्नु संविधान र आम नागरिकको भावना विपरित भएको ठहर

दाङ ७ पुस
नागरिक समाज दाङले प्रतिनिधिसभा विघटन गर्नु संविधान र आम नागरिकको भावना विपरीत भएको ठहर गरेको छ ।
समाजका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक अवस्थाका सम्बन्धमा नागरिक समाजको धारणा सार्वजनिक गरेको हो । समाजका संयोजक पन्त सचिव लक्ष्मी आचार्यद्धारा जारी विज्ञप्तिमा २००७ सातदेखि सात दशकसम्म नेपाली जनताले शान्ति र स्थिरता खोजी रहेको सन्दर्भमा संविधानसभाबाट निर्मित नयाँ संविधान अनुसार जननिर्वाचित सरकार गठन पछि लामो अस्थिरता समाप्त भएर मुलुक स्थिरतातर्फ जाने अपेक्षा गरिएको उल्लेख छ ।
विज्ञप्तिमा मुलुकमा प्रतिनिधिसभाको कार्यकाल पूरा नहुँदै कोभिड १९ को महामारीविरुद्ध आम जनता आक्रान्त भएको समयमा अप्रत्यासित रुपले प्रतिनिधिसभा विघटन हुनु संविधान र आम नागरिकको भावना विपरीत भएकाले ठहर समाजले गरेको छ ।
मुलुकमा लोकतन्त्र, नागरिक अधिकार सहितको स्थिरता र दिगो शान्तिको पक्षमा क्रियाशील हुन सबै राजनीतिक दल, संघसंस्था र आम नागरिहरुलाई नागरिक समाज दाङ अपिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

You might also like