बुटवलमा ३ हजार यात्रु र सवारी चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य सामाग्रि वितरण

बुटवल,८ पुस ।
सुरक्षीत यात्रा नेपाल सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु र सवारी चालक तथा सहचालकहरुलाई फेस सिल्ड लगायतका स्वास्थ्य सुरक्षा सामाग्रि वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न बचाउने सुरक्षित यात्रा अभियान अन्तरगत सुरक्षित यात्रा नेपालले सोमबारदेखि बुधबार सम्म सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु,चालक तथा सहचालकहरुलाई सुरक्षा सामाग्रि मास्क तथा भाईजर (फेस सिल्ड) तथा सेनिटाइजर वितरण गरेको हो ।

सोमबारदेखि सुरु भएको अभियान अन्तरगत ३ हजार थान फेस सिल्ड,मास्क बितरण गर्नुका साथै सेनिटाइजर लगाइदिएको सुरक्षीत यात्रा नेपाल का अध्यक्ष कृष्ण प्रसाद बेलबासेले जानकारी दिनुभयो ।

बुटवलबाट बस छुट्ने नयाँ बसपार्क र ट्राफिकचोकबाट बिहान ५ बजेदेखि राती ९ बजेसम्म ती सामाग्रि वितरण गरिएको सुरक्षित यात्रा नेपालका महासचिब प्रकाश नेपालले बताउनुभयो ।

सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने कुनै एक व्यक्तिलाई कोरोना संक्रमण भए अन्य यात्रुहरुलाई पनि सर्न सक्ने सम्भावनालाई मध्येनजर गरी यात्रु तथा सवारी चालक तथा सहचालकहरुमा स्वास्थ्य सूरक्षा सामाग्रिको उपयोगिताको महत्वबारे चेतना जगाउने उदेस्यले सांकेतिक रुपमा ती सामाग्रि बितरण गरिएको सो अभियानमा सहभागि सोनु थापाले बताउनुभयो ।

अभियानको सोमबार बुटवल नयाँ बसपार्कमा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले शुभारम्भ गर्नु भएको थियो ।

You might also like