थप ७४३ जनामा कोरोना संक्रमण, ९५२ जना डिस्चार्ज

बुटवल,८ पुस ।
नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ६४ पुरुष र २ सय ७९ जना महिला गरी ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ सय ५२ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ४६ हजार ६ सय ६१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार ५ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ५० तथा ललितपुर र भक्तपुरमा ३४÷३४ जना रहेका छन् ।

त्यस्तै कास्कीमा ७१, रुपन्देहीमा ४५, कञ्चनपुरमा ४२, कैलालीमा ३३, चितवनमा १८ र मोरङमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

You might also like