पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल,९ पुस ।
कास्कीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका–१ की ७४ वर्षीया महिला रहेका छन् ।

उनिहरुको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

तनहुँका कोरोना संक्रमित पुरुषको बुधबार साँझ ५ः२० बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनीमा पुस ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्याङजाका कोरोना संक्रमित पुरुषको बुधबार राति ८ः२० बजे मृत्यु भएको हो । उनीमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९० पुगेको छ ।

You might also like