थप ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना डिस्चार्ज

काठमाडौं,९ पुस ।
नेपालमा बिहीबार थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ५ सय १० जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८० जना पुरुष र २ सय ३३ जना महिला गरी ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७ सय ३९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ४७ हजार ४ सय जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८ पुगेको छ ।

हाल देशभर ७ हजार ३ सय ८४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका १ सय ९९,ललितपुरका २७ र भक्तपुरका १८ जना रहेका छन् ।
त्यस्तै कैलालीका ५७, कञ्चनपुरका ४२, कास्कीका ४३, रुपन्देहीका ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like