बादल निकट रहेको भनिएका सभामुख घर्ती र मन्त्री केसी अन्तत प्रचण्ड–नेपाल समूहमा
बुटवल,९ पुस ।
नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल आफु निकट मानिएका कसैले पनि साथ नदिएपछि अन्ततः एक्लै प्रधानमन्त्री केपी शर्मा ओली समूहतिर लाग्नु भएको छ ।
बादल निकट भनेर भनिनु भएका लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी, कर्णालीका कानूनमन्त्री नरेश भण्डारी र सांसद कृष्णा शाह लगायत ३४ जना केन्द्रीय सदस्यहरुलाई छाडेर बादल एक्लै ओली समूहतिर लाग्नु भएको हो ।
बुधबार दिउसोसम्म कुनै समूहमा खुलेर नलागेका बादल बुधबार बेलुकादेखि ओली समूहमा जाने निर्णयमा पुगेपछि यसअघि उनि निकट भनेर चिनिएका नेताहरु बादलसँगको सम्बन्ध बिच्छेद गरेर प्रचण्ड–नेपाल समुहमा समाहित भएको उहाँहरु निकट स्रोतले जनाएको छ ।
नेकपा बिभाजन हुँदा बादलले ओलीलाई साथ दिदा उनि निकटका लुम्बिनी प्रदेश प्रदेशका सभामुख तथा आन्तरिक मामिला तथा कानून मन्त्री कुन समूहलाई साथ देलान भन्ने आ आफ्नै विष्लेषण भैरहेका बेला सभामुख घर्ती र कानून मन्त्री केसीले बादलसँग सम्बन्ध बिच्छेद गरेको खबर सार्वजनिक भएको हो ।
सभामुख घर्तीले केही समय पहिले र कानूनमन्त्री केसीले बुधबार बेलुकादेखि बादलसँगको सम्बन्ध बिच्छेद गरेको स्रोतले जनाएको छ ।
आफु निकट रहेका सबैले साथ छाड्दा समेत बादल एक्लै ओली समूहमा लागेकोमा यसअघि बादल निकट रहेका नेता कार्यकर्ताहरु आश्चर्यमा परेका छन् ।
उहाँलाई के त्यस्तो बाध्यता पर्यो र आफु निकटका कसैले साथ नदिदा नदिदै पनि
एक्लै ओली समूहमा लाग्नु भयो हामिले केही बुझ्न सकेका छैनौं बादल निकटका एक प्रदेश स्तरीय नेताले भने ।