ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डौ,१० पुस ।
ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरको ग्वार्कोमा गाडीले ठक्कर दिँदा दुई जना पैदलयात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ललितपूर हरिसिद्धी बस्ने ३४ वर्षकी सुनितासोती सापकोटा र ४५ वर्षका कृष्णप्रसाद तिमल्सिना रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुका वाग्मती प्रदेश ०३००१ च ०७१३ नम्बरको सुमोको ठक्करबाट घाइते भएका सापकोटा र तिमल्सिनाको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

गाडी र चालक पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।

ना ६ खा ३९८२ नम्बरको ट्रक पल्टिँदा ट्रकले च्यापिएर चालक पर्साको विरगञ्ज महानगरपालिका १२ का ३० वर्षका अजमद्धिन अन्सारीको मृत्यु गएको ट्राफिक प्रहरीले जनाएको छ ।

You might also like