थप ६०८ जनामा कोरोना संक्रमण,संक्रमित, ८९२ जना डिस्चार्ज

काठमाडौं,१० पुस ।
नेपालमा शनिबार थप ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार एक सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ सय ९२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३ सय ६९ सय जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like