बुटवलमा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता शुरु, ७६ टिमको सहभागिता

बुटवल १० पुस
वाग्लुङ जिल्लाको धनमुडा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिता शुक्रवार देखि बुटवलमा शुरु भएको छ ।
प्रतियोगिताकमा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजकका सल्लाहकार पदम केसीले बताउनु भयो ।
प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाकी उप प्रमुख गोमादेवी आचार्यले शुभारम्भ गर्नु भयो । उहांले खेलकुद क्षेत्रमा सरकारले वजेट विनियोजन गर्न कन्जुसायी गर्न नहुने भन्दै युवा युवतीलाई कुलतवाट बचाउन पनि खेलकुदको विकास अपरिहार्य रहेको धारणा राख्नु भयो ।
प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपैयां नगद प्रमाणपत्र शिल्ड तथा उपविजेताले ३३ हजार ३३३ र तेस्रो हुनेले २२ हजार २२२ रुपैयां नगद प्रमाणपत्र शिल्ड पुरस्कार पाउने छन ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट टिमले नगद ५ हजार पाउने छन ।बुटवल ११ ओलीपथमा रहेको कबर्डहलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गर्नु भएको थियो ।
प्रतियोगिता २ दिनसम्म संचालन हुने प्रमुख एम्पाएर अर्जुन कार्कीले बताउनु भयो

You might also like