संगीत कर्मी संघ रुपन्देहीद्धारा अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान
बुटवल १० पुस
राष्ट्रिय संगीत कर्मी संघ रुपन्देहीले तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा संचालित रामचन्द्र मैनादेवी अनाथ आश्रममा रहेका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।
गीत संगीत संगसंगै सामाज सेवालाई पनि अगाडी बढाउने उद्देश्यले पपोशाक वितरण गरिएको संस्थाकी अध्यक्ष दुर्गा नेपालले बताउनु भयो । पोशाक वितरण समारोहमा वोल्ने वक्ताहरुले अनाथ तथा असहाय वालवालिकाको भाषामा परिवर्तन गर्न माग गरेका छन ।
परिवारवाट पीडित वालवालिकालाई थप पीडा हुने गरि भाषा प्रयोग गर्दा हिनतावोध हुने भएकाले आगामी दिनमा त्यस प्रकारका भाषामा परिवर्त गर्न सुझाव दिएका छन ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डिल्लीनारायण पाण्डेले सामाजिक क्षेत्रमा काम गर्दा प्रतिफको आशा गर्न नहुने धारणा राख्नु भयो । कार्यक्रममा संगीत कर्मी ओम ज्ञवालीले ४५ सय रुपैयां नगद, दया भण्डारीले २१ सय नगद र राजविर जैसवालले ९ जोर जुत्ता प्रदान गर्नु भएको थियो ।
कार्यक्रmमा महिला अभियान्ता रीता सेन वली सौगात सायर भगवती पंन्थी दोमोदर वस्याल आश्रमकी अध्यक्ष मैनादेवि भट्रराई लगाएतले संस्थाले सामाजिक कार्यमा गरेको कामलाई निरन्त्रता दिन माग गर्नु भएको थियो ।