पानी माथि कटेजमा बसेर खान मिल्न गरि सियारीमा दश करोड लागतमा आधुनिक एभरेष्ट फिस भिलेज रिर्सोट संचालनमा
बुटवल १० पुस
रूपन्देहीको सियारी गाउँपालिका–६ हिरागञ्जमा एभरेष्ट फिस भिलेज रिर्सोट सञ्चालनमा आएको छ । एभरेष्ट ग्रुप प्रालिले १० करोड रुपैयाँ लगानीमा अन्तरिक तथा वाह्य पर्यटक भित्राउने लक्ष्य सहित सुविधासम्पन्न फिस रिर्सोट सञ्चालनमा ल्याएको हो ।
सफलताको लागि सहकार्य मुल नारा अगाडी सारेको ग्रुपमा ईटृा व्यवसायी तथा निमार्ण क्षेत्रमा किर्याशिल ३० जना युवा व्यवसायी मिलेर सेवा क्षेत्रमा पनि काम शुरु गरेका छन ।
रिर्सोटमा जाने आन्तरिक तथा बाह्य पर्यटकहरू आफै माछा फिसिङ गर्न र डुङगामा सयर गर्न समेत पाउनेछन । एभरेष्ट गु्रपका अध्यक्ष अजय अधिकारीले रिर्सोटमा ९ वटा सुविधासम्पन्न कोठा सहित सबै माछाका विशेष परिकार उपलब्ध हुने बताउनु भयो । एभरेष्ट रिर्सोटमा अहिले दैनिक ग्राहकको भीड लाग्न थालेको छ ।
दैनिक रिर्सोटमा १ हजार भन्दा बढी पर्यटकहरु पुग्न थालेका छन । त्यहाँ रातिको समयमा देखि झिलिमिलीले सबैलाई आकर्षित बनाएको छ । रिर्सोटमा २० जनाले रोजगारी समेत पाएका छन् । रिर्पोट ३ विगाहा क्षेत्रफलमा फैलिएको छ ।
पछिल्लो समय रुपन्देहीमा पर्यटक लक्षित होटल तथा रिर्सोटहरु धमाधम खुल्न थालेका छन् । पानी माथि कटेजमा बसेर खान मिल्ने बनाइएको छ । एभरेष्ट गु्रपमा ३० जना लगानीकर्ता आवद्ध छन् । अधिकारीले एभरेष्ट ग्रुपले इँटटा उद्योग, इँट्टा उद्योगका लागि कोइला विक्री, मोटा, गाडीका टायरको क्षेत्रमा पनि लगानी गरेको छ । एभरेष्ट गु्रपले लगानी विस्तार गर्दै जाने बताएको छ । यो गु्रपले अहिलेसम्म सबै क्षेत्रमा गरेर २५ करोड रुपैयाँ लगानी गरिसकेको छ ।