संसद बिघटन बिरुद्ध शान्ति समाजद्धारा नवलपरासीमा प्रदर्शन

नवलपरासी,१० पुस ।
ससद विघटनका बिरुद्ध मानव अधिकार तथा शान्ति समाज नवलपरासी पश्चिम जिल्ला शाखाले आज प्रदर्शन गरेको छ ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोबिन्द खनालले प्रधानमन्त्री ओलिले पार्टी भित्रको भागबन्डाको फोहोरी किचलो दबाउन र भ्रष्टाचारी छवि ढाकछोप गर्न प्रतिनिधि सभा बिघटन गरेको आरोप लगाउनु भयो ।

संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले संबिधानको घाँटी निमोठेको बताउदै उहाँले संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंबैधानीक र लोकतन्त्र बिरोधी भएको दाबी गर्नुभयो ।

बर्तमान सरकारले प्रतिनिधि सभाको विघटन गरेर असंबैधानिक काम गरेको भन्दै खनालले संसद बिघटनले लोकतन्त्रलाई खतरामा परेको बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य मोहन प्रसाद बि.क, सल्लाहकार माधव पाण्डे पत्रकार महासघ नवलपरासीका अध्यक्ष हरि शर्मा, प्रकाश न्यौपाने लगायतले बोल्दै देशले हालसम्म प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा रहेको बताउनु भयो ।

मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष सन्तोष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम को संचालन सचिव गणेश न्यौपानेले गर्नु भएको थियो ।

You might also like