ट्रष्टद्वारा दमकडा माविका दृष्टिबिहीन विद्यार्थीहरुलाई न्यानो कपडा बितरण

पाल्पा,१० पुस ।
कुल चन्द्र–सन्तोष खनाल परोपकार ट्रष्टद्वारा पाल्पाको दमकडा माद्यमिक विद्यालयमा रहेका दृष्टि बिहीन विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

बुटवलका व्यवसायी सन्तोष खनालको ४५ औ दिनको पुण्यतिथिको अवसरमा शुक्रबार एक कार्यक्रमकाबीच दृष्टि बिहीन विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको हो ।

ट्रष्टकी संरक्षक भीमलता खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ट्रष्टका कार्यकारी निर्देशक शंकर खनाल,दमकडा माविका प्रधानाध्यापक मोहन सापकोटा,तानसेन नगरपालिका वडा नं ८ की सदस्य सरस्वती लुइटेल,समाजसेवी पुरुषोत्तम अर्याल लगायतले दृष्टि बिहीन विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेर ट्रष्टले सराहनीय काम गरेको बताउनु भएको थियो ।

सो अवसरमा ३० जना दृष्टि बिहीन विद्यार्थीहरुलाई ब्ल्याङ्केट,फलफूल तथा अन्य पेय पदार्थ बितरण गरिएको थियो ।

You might also like