प्रधानमन्त्रीद्धारा मन्त्रिपरिषद पुनर्गठन, ८ मन्त्री र १ राज्यमन्त्री थपिए

काठमाडौं,१० पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद पुनर्गठन र केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको छ ।

मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् भने एक मन्त्री र एक राज्यमन्त्री हटाइएको छ ।

शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिनु भएको छ ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाउनु भएको छ ।

You might also like