राष्ट्रिय सभा बैठक पुस १७ मा बेलाउन सिफारिस

काठमाडौं,११ पुस ।
प्रतिनिधि सभा बिघटन गरेको सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको हो ।

नवनियुक्त मन्त्रीहरुसहित शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस १७ गते राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । संसदको वर्षे अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।

संसद अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान भइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले राष्ट्रिय सभा अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।
६ महिना पूरा हुन एक दिन बाँकी रहँदा १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन बोलाउने गरी सिफारिस गरिएको हो। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा भने गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरिससकेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बेलुका मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले राष्ट्रिय सभाको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

You might also like