थप ५०० जनामा कोरोना संक्रमण, ८४० जना डिस्चार्ज

काठमाडौं,११ पुस ।
नेपालमा शनिबार थप ५ सय जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ४ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा २ सय १३ महिला र २ सय ८७ पुरुष गरी ५ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७ सय पुगेको छ ।
उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने १८१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

हालदेशभर ६ हजार ७ सय ४९ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ३ हजार ३ सय ४९ होम आइसोलेसनमा छन् भने २ सय ८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशभर ३ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन् ।

You might also like