ट्रकको ठक्करबाट गुल्मीमा दुई जनाको मृत्यु

काठमाण्डौको धोबीखोला पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
गुल्मी,१२ पुस ।
ट्रकको ठक्करबाट गुल्मीको रेसुंगामा दुई जना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रेसुंगा नगरपालिका १३ का २३ वर्षका बालकृष्ण भुजेल र २४ वर्षका टोपबहादुर रजाली रहेका छन् ।

गुल्मीको तम्घासतर्फ जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिने खोलामा भुजेल र रजालीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैबीच काठमाण्डौको चाबहिल गोपिकृष्णहल नजिकैको पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

You might also like