मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बिराटनगर,१२ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

३६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो रहेका भने समर्थकमा तेह्रथुमका सांसद लक्ष्मण तिवारीको हस्ताक्षर छ । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।

प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

You might also like