राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान
काठमाडौं, १२ पुस ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजित १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।