संसद पुर्नस्थापना नभए मुलुक प्रतिगमनकारीको कब्जामा जान्छ ः नेता भुसाल

बुटवल १२ पुस
नेकपा प्रचण्ड–माधव समुहका नेतातथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले राजाले गरेको संसद विघटन त पुर्नस्थापना भएको यो मुलुकमा रैतीले गरेको प्रतिनिधिसभा विघटन जसरी पनि स्थापित हुने जिकिर गर्नु भयो ।
विधी विधान र जनभावना विपरित गरिएको संसद विघटन पुर्नस्थापनाको विकल्प नभएको नेता भुसालले स्पष्ट पार्नु भयो ।
नेकपा रुपन्देहीले आईतवार रुपन्देहीको ड्राईभरटोलमा आयोजना गरेको कार्यकर्ता भेलामा वोल्दै नेता भुसालले अदालतले संसद पुर्नस्थापना नगरे जनताको आन्दोलन र विद्रोहले संसद पुर्नस्थापना गरेरै छाडने चेतावनी समेत दिनु भयो ।
विधी विधान र पार्टीको निर्णय नमान्ने केपी आलीले संसद विघटन गरेर संम्बिधान च्यात्ने र संम्बिधानको वर्खिलाप गरेको आरोप उहांले लगाउनु भयो ।
नेता भुसालले संसद पुर्नस्थापना भएमा संम्बिधानको रक्षा हुने र पार्टी विभाजन पनि रोकिने तर्क गदै यदी तसो नभएमा मुलुकमा प्रतिगमनकारीले कब्जा जमाउने शंकेत गर्नु भयो ।
स्थानियतह प्रदेश सरकार र केन्द्रिय सरकारमा नेकपाको करिव दुई तिहाईको पकड रहेको समयमा संसद विघटन गर्नु भनेको ओली जीको भूमिका संम्बिधानलाई नै समाप्त पार्ने षडयन्त्र भएको दावि गर्नु भयो ।
संसद विघटनको ओली बाहेक एक जनाले पनि ठिक हो भनेको सुनेको छैन भन्दै उहांले चुनाव गर्नका लागि पनि होईन र चुनाव हुनेवाला पनि छैन भन्नु भयो । भेलामा पूर्व सभामुख तथा नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले भटृाचार नगर्नुस जनताका काम गर्नुस भन्दा सरकारलाई पार्टीले घेराबन्दी गरेको भन्ने ओलीको कदम निरकूशतावादी भएको टिप्पणी गर्नु भयो ।
विधी विधान संम्बिधान कुल्चने काम भएको छ यसको भण्डाफोर गदै सडकवाट प्रधानमन्त्री नवनाउदांसम्म आन्दोलन जारी राख्ने उहांले चेतावनी दिनु भयो । संसद विघटन भएको समयमा काम चलाउ सरकारले मन्त्री परिषद विस्तार गर्ने कुनै अधिकार नै नभएको बताउदै उहांले यसको विराधमा मुलुक भर सशक्त आन्दोलनको आधी वेरी निकालिने धारणा राख्नु भयो ।
पार्टीका सचिव नारायण जिसी निर्मलको अध्यक्षतामा भएको भेलामा केन्द्रिय सदस्य वामदेव क्षेत्री घिमिरे, प्रदेश सभासदस्य दधिराम न्यौपाने हकीउलाह खां, खेम लुईटेल लगायतले ओलीको कदमको कडा शब्दमा विरोध गर्नु भएको थियो । त्यसअघि पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा समेत नेता भुसाल सरिक हुनु भएको थियो ।

You might also like