थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ७३१ जना डिस्चार्ज

काठमाडौँ,१२ पुस ।
नेपालमा आइतबार थप ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ३ हजार ८ सय २८ नमुना परीक्षण गर्दा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा २ लाख ४९ हजार ८ सय ६३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय २५ जना पुगेको छ ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ रहेको छ । हाल देशभर ३ सय ६९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like