बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
बुटवल,१४ पुस ।
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–७ की ५२ वर्षीया महिला रहेकी छन् ।
उनको बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान ५ः३४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
पुस २ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई त्यसको भोलिपल्ट अस्पतालमा भर्ना गरिएको थियो ।