बुटवलमा थप एक कोरोना संक्रमित बृद्धको मृत्यु
बुटवल,१५ पुस ।
बुटवलमा थप एकजना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् ।
उनको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
मंसिर २८ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
संक्रमित पुरुष उच्च रक्तचापका दीर्घरोगी रहेको अस्पतालले जनाएको छ ।