प्रधानमत्री संकटकाल लगाउने दाउमा–बरिष्ठ उपसभापती खनाल

कपिलवस्तु,१५ पुस ।
मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापती गोविन्द खनालले प्रधानमन्त्री के.पि. ओलीले देशमा मुठभेड निम्ताएर संकटकाल लगाउने दाउमा रहेको आरोप लगाउनु भएको छ ।

संसद बिघटनको बिरोधमा मानव अधिकार तथा शान्ति समाज कपिलबस्तु जिल्ला शाखाद्धारा आज जितपुर–४ नं मा आयोजना गरेको विरोध सभामा बोल्दै खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा मुठभेड निम्ताएर संकटकाल लगाउने दाउमा रहेको आरोप लगाउनु भएको हो ।

नियोजित रुपमा प्रतिनिधि सभा भंग गरेर प्रधानमन्त्री ओलीले प्रतिगमनको बाटो रोजेको भन्दै उनले ओलीले लोकतान्त्रीक व्यवस्था र संविधान असफल बनाउने खेलमा लोगेको दाबी समेत गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन हुनबाट जोगाएर जनताका उपलब्धी गुम्न बाट बचाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य कृष्ण पंगेनी, शाखा सभापति गोविन्द पोख्रेल,अधिकारकर्मी बुद्धि सागर बेल्बासे, माधव धिमिले लगायतले संसद बिघटन गरेर प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक असंवैधानिक र स्वेच्छाचारी कदम चालेको भन्दै विरोध गर्नुभएको थियो ।

You might also like