थप ५११ जनामा कोरोना संक्रमण,६०० जना डिस्चार्ज

काठमाडौं,१५ पुस ।
नेपालमा बुधबार थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको पिसिआर परीक्षण गर्दा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६०० जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म २ लाख ५१ हजार ९१२ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ८४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कास्कीमा ५०, रुपन्देहीमा १९, चितवनमा १६ र पाल्पामा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like