राईलाइ प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट हटायो, आचार्य चयन

बुटवल,१६ पुस ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेताबाट हटाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए ।

You might also like