लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

पर्सा,१६ पुस ।
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पर्साबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनुभयो

अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

You might also like