कोरोनाको नयाँ स्ट्रेन फैलिएपछि दिल्लीमा कफ्र्यू

आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर कर्फ्यु घोषणा

एजेन्सी

काठमाण्डौ,१६ पुस ।
कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरी भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यु घोषणा गरिएको छ ।

अंग्रेजी नयाँ वर्ष मनाउने क्रममा हुने भीडभाडका कारण महामारी झनै फैलन सक्ने भन्दै दिल्ली आपतकालिन प्राधिकरण (डीडीएमए) ले आज राती (डिसेम्बर ३१) र भोलि (जनवरी १) को रातभर कर्फ्यु लगाउने घोषणा गरेको हो ।

आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म दिल्लीमा कर्फ्यु लाग्ने डीडीएमएले जानकारी दिएको छ । नयाँ वर्षको पहिलो रातको ११ बजेदेखि अर्को दिन बिहान ६ बजेसम्म पनि दिल्लीमा कर्फ्यु लगाइने जनाइएको छ ।

सो अवधीमा सार्वजनिक स्थानमा पाँच जनाभन्दा बढी मानिसहरूलाई जमघट गर्न प्रतिबन्ध लगाइएको छ । नयाँ वर्षको उमंग मनाउन भीडभाड गर्न पनि पाइनेछैन ।

उत्परिवर्तन (म्युटेसन) भएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट भारतमा दुई दर्जनभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

नयाँ स्ट्रेन यसअघिको भन्दा ८० गुणा धेरै संक्रामक रहेको महामारी विज्ञहरूले बताएका छन् ।

You might also like