कर्णाली प्रदेशको संसदीय समितिका सभापतिको गाडीमा आगजनी
जाजरकोट,१७ पुस ।
कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा भेरी नगरपालिका–७ पुन्मा बिहीबार राति करिब १० बजे अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सभापति सिंह प्रदेशको योजना अनुगमन गर्न गएको जनाइएको छ ।