थप ४२६ जनामा कोरोना संक्रमण, ७४८ जना डिस्चार्ज

काठमाडौं,१७ पुस ।
नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म २ लाख ५३ हजार १०७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म १ हजार ८६४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६ हजार ४८ कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कैलालीमा २९, कास्कीमा २६, बाँकेमा २३, दाङमा १९, झापामा १६, चितवनमा १३, रुपन्देहीमा १२, रसुवा र कञ्चनपुरा ११÷११ र मोरङमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like