खुकुरी प्रहार गरी सहकारीका कर्मचारीबाट रकम लुटेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं,१७ पुस ।
सहकारीका कर्मचारीलाई खुकुरी प्रहार गरी रकम लुटपाट गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौको असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही रहेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गरेका थिए ।

गजमेरले यही पुस १५ गते बजारबाट संकलन गरेर ल्याएको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ उनीहरुको समूहले चाबहिलमा जबरजस्ती लुटपाट गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान गर्ने क्रममा लुटपाट गरेर लगिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

थप अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको एसपी ईश्वर कार्कीले बताए ।

You might also like