ट्रकको ठक्करबाट रुपन्देहीको नयामिलमा स्कुटरमा सवार दम्पत्ती गम्भीर घाइते

बुटवल,१७ पुस ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका नयामिलमा ट्रकले ठक्कर दिदा स्कुटरमा सवार २ जना गम्भीर घाइते भएका छन् ।

भैरहवाबाट बुटवल आउदै गरेको ग १ ख ४८८८ नम्बरको ट्रकले लु २० प ३७५२ नम्बरको स्कुटीलाई ठक्कर दिदा तिलोत्तमा–११ निवासी रनबहादुर खड्का र उनकी धर्मपत्नी सावित्रा खड्का गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा परि गम्भीर घाइते भएका दम्पत्तिको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय मंगलापुरका हरिहर उपाध्यायले बताउनु भयो ।

घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक र ट्रक प्रहरीले नियन्त्रणमा लिएको ।

बाटो क्रस गर्ने क्रममा तिब्र गतिमा आइरहेको ट्रकले ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

You might also like