संसद पुर्नस्थापना नगरिए संम्बिधान समाप्त हुने र मुलुक गृहयुद्धमा जाने मानव अधिकारवादी नेता कृष्ण पहाडी

बुटवल १८ पुस
मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद भंगलाई पुर्नस्थापना नगरिए संम्बिधान फेल गराउने षडयन्त्र हुने चेताबनी दिनु भएको छ ।
संबिधानमा व्यवस्था नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संबैधानिक कू गर्नु भएको छ भन्दै नेता पहाडीले न्यायालयमा विचाराधिन अवस्थामा रहेको संसद विघटनको मुद्दा पुर्नस्थापना पनि नहुने र बैशाखमा चुनाव पनि हुनै नसक्ने भएपछि बर्तमान कामचलाउ सरकार पनि अबैध हुने धारणा राख्नु भयो ।
चुनाव पनि नहुने सरकार पनि अबैध हुने भएपछि संम्बिधान नै समाप्त हुन्छ अनी मुलुकमा गृहयुद्ध हुन निश्चित भएको दावि उहाँले गर्नु भयो ।
संम्बिधान असफल भएपछि बैदेशिक शक्तिले मुलुकमा रजाई गर्ने भन्दै नेता पहाडीले केपी ओलीका कारण लिगं वाहिर गएको सम्बिधानको रक्षा गदै संम्बिधानलाई लिगंमा ल्याउने काम न्यायालयको हो न्यायालयले मुलुकमा संबैधानिक रिक्ततताको अवस्था आउन नदिने कुरा सबै भन्दा महत्वपूर्ण हुन धारणा राख्नु भयो ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २१ औ साधारण सभा तथा ११ औं अधिवेशन समारोहमा शनिवार बुटवलमा वोल्दै नेता पहाडीले प्रधानमन्त्रीको कदमले मुलुकमा गृहयुद्धको खतरा बढदै गएको स्पष्ट पार्नु भयो । उहाँले नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रतिगमनकारीको कित्तामा लागेको समूहसंग साठगांठ गरे नेपाली कांग्रेसको भविस्य पनि संकटग्रस्त हुने चेताबनी समेत दिनु भयो ।
नेता पहाडीले प्रधानमन्त्री ओलीको कदमले राजावादी र विप्लव माओवादीहरु सबै भन्दा बढी खुशि भएको पनि बताउनु भयो । संसद पुर्नस्थापना नहुने बैशाषमा चुनाव पनि नहुदां मुलुकमा उत्पन्न हुने संवैधानिक रिक्ततताले जातिय क्षेत्रीय अतिवाद हावि हुने र अन्तराष्ट्रिय शक्तिहरुले नेपालमा रणभूमी बनाउने ठोकुवा नेता पहाडीले गर्नु भयो ।
उहांले मुलुभरवाट ओलीको अतिवाद र ओलीको सनकको विरोधमा जनदवाव जरुरी रहेकोले नागरिक समाज तथा सामाजिक अभियान्ताहरु आन्दोलित हुन आह्वान गर्नु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली काँग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संबैधानिक कू भएको भन्दै संम्बिधान विरोधी ओली कदमको न्यायालयले संसदको पुर्नस्थापना गरेर देखाई दिनु पर्नेमा जोड दिनु भयो ।
पार्टी भित्रको किचलो मिलाउन नसक्ने अनि संम्बिधानमा नै व्यवस्था नभएको विषयमा संसद विघटन गर्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद अलोकतान्त्रीक कदम भएको ठहर गर्नु भयो ।
प्रदेश सदस्य विष्णु पन्थीले प्रधानमन्त्री ओलीको कदमले मुलुकमा अनिष्टको संकेत देखापरेको छ भन्दै अब लोकतन्त्र रोज्नेकी प्रतिगमन रोज्ने वेला आएको धारणा राख्नु भयो ।
उहाँले बैशाखमा चुनाव पनि नहुने र चुनाव गराउनका लागि संसद विघटन नगरिएकोले मुलुकमा प्रतिगमनको खतरा बढेकोले संसद पुर्नस्थापनाको पक्षमा आन्दोलित हुन माग गर्नु भयो ।
कार्यक्रममा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनी वरिष्ठ उपसभापति गोविन्द खनालले प्रधानमन्त्री ओलीको कदम सन्काहा प्रवृति र असंवैधानिक अलोकतान्त्रीक भएकोले संसद पुर्नस्थापनाको पक्षमा सबै एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।
समाजका रुपन्देही सभापति डीबी खनालको सभापतित्वमा भएको कार्यक्रममा ट्रेडयुनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष अजय राई, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई, उच्च अदालत बुटवल वारका अध्यक्ष जोग बहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख संझना शर्मा ,माहुरीहोमका रवि ठाकुर, प्रहरी नायव उपरिक्षक प्रतित सिंह राठौर,समाजका केन्द्रिय सचिव अर्जुन गौतम, केन्द्रिय सदस्य मीना ढकाल, अर्जुन ज्ञवाली लगायतले धारणा राख्नु भएको थियो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

You might also like