थप ४२६ जनामा संक्रमण, ७५० जना डिस्चार्ज

काठमाडौं,१८ पुस ।
नेपालमा शनिबार थप ४२६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार २२५ नमुना परीक्षण गर्दा १५३ महिला र २७३ पुरुष गरी ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ७५० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । हाल देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ५ हजार ७११ रहेको छ ।

त्यस्तै २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० जना पुगेको छ ।
हाल देशभर ६ हजार ४८ संक्रिय संक्रमित छन् ।

उनीहरुमध्ये २८९० जना होम आइसोलेसनमा छन् भने २३४ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

You might also like