बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते

दाङ,१९ पुस ।
जंगली बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते भएका छन् ।

शनिबार दाउरा काट्न बकेन सामुदायिक वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको प्रत्यक्षदर्शी विनिता चौधरीले जानकारी दिनुभयो ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, वडा नम्बर २ डोढइका ८ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहनु भएको छ । घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन ।

घाइतेहरूको खुट्टामा गम्भीर चोट लागेको छ । घाइतेमध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

You might also like