नाइजरमा स्लामिक स्टेटको आक्रमण, कम्तीमा ७९ जनाको मृत्यु

काठमाडौं,१९ पुस ।
पश्चिमी अफ्रिकी देश नाइजरमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमणबाट ७९ जनाको मृत्यु भएको छ ।

मालीसँग सीमा जोडिएका दुई वटा गाउँमा संदिग्ध इस्लामिक चरमपन्थीको आक्रमण भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

चोमोबांगोउ गाउँमा ४९ जना र जारोमदरय गाउँमा ३० जना मारिएको बीबीसीले लेखेको छ ।

चोमोबांगोउ गाउँमा सन् २०१७ देखि संकटकाल लगाइएको छ । हालका केही महिनामा यस गाउँमा छिमेकी देश मालीबाट आएका संदिग्ध जेहादीहरुले आक्रमण गर्दै आएका छन् ।

नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग सम्बन्धित चरमपन्थी समूहले पनि धेरै पटक आक्रमण गरिसकेका छन् ।

गत वर्ष भएको आक्रमणमा सयौं व्यक्ति मारिएका थिए ।

यस्तै छिमेकी देश नाइजेरियामा सक्रिय बोको हरामले गत महिना दक्षिण पूर्वमा पर्ने दिफा इलाकामा २७ जनाको हत्या गरेको थियो ।

You might also like