कम्युनिष्टहरु सत्ता संचालनमा असफलः शाह

रुपन्देहीको कञ्चनमा एक सय भन्दा वढि कांग्रेसमा प्रवेश

बुटवल १९ पुस ।
रुपन्देहीको कञ्चन गाउपालिका वडा न ३ मा विभिन्न पार्टिका १ सय भन्दा वढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनिहरुलाई एक कार्यक्रमका विच नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले पार्टि प्रवेश गराउनु भएको हो ।

कार्यक्रममा वोल्दै कांग्रेस नेता शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताउनुभयो । उहाँले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनिहरु अव जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गर्नुभयोे ।
सो क्षेत्रका जनप्रतिनिधी समेत रहेका शाहले अव नेपाली कांग्रेसको नेतृत्वमा वहुमतको सरकार बन्ने दावी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप लगाउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताउनु भयो । त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वस्क्षाचारी प्रकृतिको भण्डाफोर गर्नु पर्ने बताउनु भयो ।

कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकारसंग अव सरकारमा वसिरहन कुनै नैतिक र संवेधानिक अधिकार नरहेको बताउनु भयो ।

नेपाली कांग्रेस वडा सभापती थम्मन थापाको अध्यक्षतमा भएको पार्टि प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सभापती वसिउल्लाह मुसलवान, जिल्ला सदस्य देविराम रेग्मी, डोल व थापा, राम वहादुर थापा, देवीलाल पौडेल लगायतले बोल्नु भएको थियो । सो क्षेत्रमा यस अघि पनि सयौ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

You might also like