पाल्पाको चुनढुङ्गा जाँदै गरेको टिप्पर दुर्घटना,चालकराम बहादुरको मृत्यु

बुटवल १९ पुस
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिकाको लप्सीकोट रुख भन्ने स्थानमा आइतबार दिउँसो टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । लु २ ख २१७१ नम्बरको टिप्पर रुपन्देहीको बुटवलबाट पाल्पा स्थित सिद्धेश्वरी चुन खानीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा परी रैनादेवी गाउँपालिका –५ ,छहराका ४० वर्षिय राम बहादुर कार्कीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

You might also like