थप ४२१ जनामा संक्रमण, ६३७ जना डिस्चार्ज

काठमाडौं,१९ पुस ।
नेपालमा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुष गरी ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ निको भएर घर फर्कीएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर ५ हजार ४८७ संक्रिय संक्रमित रहेका छन् ।

उनीहरुमध्ये १ हजार ९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल देशभर तीन सय ६७ जना क्वरेण्टीनमा रहेका छन् ।

You might also like