बुटवलमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवल,१९ पुस ।
रुपन्देहीको बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–३ का ६६ वर्षीय पुरुष रहेका छन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक आइसोलेसनमा उपचारको क्रममा
आइतबार दिउँसो १२ः४० बजे मृत्यु भएको अस्पतालका मेसु डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।
डा खनालका अनुसार ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि उनी शनिबार अस्पतालमा भर्ना भएका थिए । शनिबार नै उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

You might also like