रुपन्देहीको तिलोत्तमामा ट्राम रेलवेको डिपिआर सुरु
बुटवल,१९ पुस ।
रुपन्देहीको तिलोत्तमामा नेपाल मै पहिलो ट्राम रेल सञ्चालनका लागि डिपिआर तयार पार्ने कार्य सुरु
भएको छ ।
निजि क्षेत्रबाट सञ्चालन गर्न लागिएको रेलवे डिपिआरको आइतबार तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरेर्नुभएको हो ।
रेल्वेको डिपीआर उद्घाटन गर्दै नगर प्रमुख घिमिरेले रेल सेवा सञ्चालनपछि रुपन्देहीको पर्यटकीय तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।
निजि क्षेत्रबाट सञ्चालन भए पनि रेल सेवा सञ्चालनको वातावरण बनाउने लगायतका कार्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउदै घिमिरेले डिपिआर लगायतका काम दु्रत गतिमा सम्पन्न गर्र्नुपर्नेमा जोड दिनुभयो ।
रेल्वे निर्माणमा आउने बाधा अड्चन फुकाउन र सक्दो आर्थिक सहयोग गर्न नगरपानलिका तयार रहेको बताउंदै नगरप्रमुख घिमिरेले रेल सेवामा लगानी गरेर नाफा हुदैनकी भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
दुइ वर्ष भित्र योगिकुटीदेखि रोहिणी नदीको जलासयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुन सक्ने उहाँको बिष्लेषण थियो ।
तिलोत्तमा पव्लिक रेलवे कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल रेलवे कम्पनी जनकपुरका पूर्व महाप्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भने अनुसार रेलवे निर्माण गरी रेल सञ्चालन गरिने बताउदै रेल सञ्चालन गर्दा वातावरणमा नकारात्मक असर नपर्ने दाबी गरे ।
ट्राम रेल विद्युतीय भएकाले मानव स्वास्थ्य र कुनै किसिमको ध्वनी प्रदुषण समेत नहुने उहाले बताउनुभयो ।
तिलोत्तमा नगरपालिका वडा नं २ का वडाध्यक्ष दधिराम गौतम, तिलोत्तमा पप्लिक रेल्वे कम्पनी लिमिटेडका उपाध्यक्ष हरि तिवारीले रेल सञ्चालनमा सबैको सहयोग र सल्लाह आवश्यक रहेको भन्दै रेल सेवा सञ्चालन भएपछि तिलोत्तमा लगायत जिल्लाकै पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।
रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षता र डिल्लीनारायण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नगरपालिका भित्रको ५२ किलो मिटर रिङरोडमा रेलवेको डिपिआर तयार गर्ने कामको ठेक्का मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि दाङले पाएको छ ।
अबको ७÷८ महिना भित्र डिपीआर सम्पन्न हुने बताईएको छ । प्रारम्भिक सर्वेक्षण गरी सकिएको रेल्वे निर्माण गरी सञ्चालका लागि अनुमानित ६ देखि १० अर्व बजेट लाग्ने रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो ।
हालका लागि तिलोत्तमा भित्रको ५२ किलो मिटरको दुरीमा सञ्चालन गर्ने तयारी भएपनि आगामि दिनमा त्यसलाई बिस्तार गरी बुटवल,भैरहवा हुदै लुम्बिनीसम्म बिस्तार गर्ने योजना रहेको अध्यक्ष अर्यालले बताउनुभयो ।
आजसम्म ५ सय ५ जना पब्लिकको शेयर रहेको कम्पनीकोे केही दिनका लागि पब्लिक शेयर खुल्ला गरिएको सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
प्रति व्यक्ति १ लाखकको शेयरका लागि तत्काल २५ हजार र केही दिनपछि दोस्रो किस्ता बापत थप २५ हजार जम्मा गर्नेगरी सेयर खुल्ला गरिएको सञ्चालक पाण्डेले बताउनुभयो ।