पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाण्डौ,२० पुस ।
पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सोमबार भारत जानु भएको छ ।

उहाँहरु नेपाल एयरलाइन्सको उडानबाट सोमबार बिहान ११ बजेर २० मिनेटमा भारतको मुम्बई प्रस्थान गर्नुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

प्रचण्डसँगै छोरीहरू रेणु दाहाल र गंगा दाहाल पनि रहेको सापकोटाले बताउनुभयो । सीता दाहालको उपचार मुम्बईको न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा हुने पनि उहाँको सचिवालयले जनाएको छ ।

वंशानुगत पार्किन्सन्स जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उहाँलाई मुम्बई लगिएको हो ।

You might also like