स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित २ जना काठमाण्डौबाट पक्राउ

काठमाण्डौ,२० पुस ।
कपिलवस्तुबाट काठमाण्डौ गइरहेको कारबाट स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्ने क्रममा काठमाण्डौको थानकोटबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले जनाएको छ ।

उनीहरूले कारको डिक्कीमा टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ ।

भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।

You might also like