अविस्वासको प्रस्ताव नआएकाले लुम्बिनी प्रदेश सरकारमा मन्त्रीमण्डल तत्काल हेरफेर हुदैनः प्रवक्ता चौधरी

प्रदेशसभा बैठक तत्काल बोलाउन कांग्रेस संसदीय दलका सचेतक क्षेत्रीको माग

बुटवल २० पुस
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गर्नु भएको छ ।
केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्कोलाइ खुइल्याइ फरक फरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री चौधरीले आफुहरु सहभागि सरकार आजका मितिसम्म सुरक्षित रहेको दाबि गर्नु भयो ।
प्रचण्ड माधव समूहका कारण प्रधानमन्त्री केपि ओलीले संसद बिघटन गरेको भन्दै उहांले संसद पुर्नस्थापना हुने संभावना नरहेको दाबि गर्नु भयो ।
उहाँले प्रदेशका सांसदहरुले मुख्यमन्त्रीबिरुद्ध अविश्वासको मत जाहेर नगरेकोले त्यसको कतै पनि तयारी वा असन्तुष्टि नसुनिएकाले प्रदेश सरकार फेरबदल वा मन्त्रीमण्डल फेरबदल तत्काल नहुने दाबि गर्नु भयो् ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संस्थापनपक्ष ओलीतिर खुलैर सांसदहरु लाग्नेक्रम शुरु भएको र पूर्व माओबादीका ५देखि ७ जना सांसदहरु आउने भएकाले सरकार अल्पमतमा नभई सुरक्षित रहेको दावि गर्नु भयो ।
लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाई समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाउनु भयो । उहाँले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णायक कदम चाल्न तयार रहेको बताउनु भयो । आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गर्नु भयो ।
जनता समाजबादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले सरकार गलत बाटोमा हिडेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंबैधानिक र अलोकतान्त्रीक भएको बताउनु भयो ।
सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नव निर्वाचित सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीलाइ सम्मान गरिएको थियो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

Special Characters (कपी पेस्ट गर्नको लागी): र्‍य र्‍ ऋ ॠ ङ ॐ ।
© 2020

You might also like