थप ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना डिस्चार्ज

काठमाण्डौ,२० पुस ।
नेपालमा सोमबार थप ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ४०१ पीसीआर परीक्षण गर्दा १५९ जना महिला र २४४ जना पुरुष गरी ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससँग नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार दुई सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म २ लाख ५५ हजार ८८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार आठ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितमध्ये ९७ प्रतिशतभन्दा धेरै निको भएका छन् ।

त्यस्तै सोमबारसम्म नेपालमा पाँच हजार दुई सय ८९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् भने तीन सय ४२ जना क्वरेण्टीनमा रहेका छन् ।

You might also like