पोखरेल र गुरुङ नेकपा प्रचण्ड–माधव समूहले प्रदेश इन्चार्जबाट हटाइए
काठमाडौं,२० पुस ।
नेकपाको प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ ।
पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेललाई र गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ हटाएको हो । लुम्बिनीमा युवराज ज्ञवाली र गण्डकीमा देवेन्द्र पौडेल तोकिएका छन् ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।
सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए ।
यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।