थप ५२२ जनामा कोरोना संक्रमण, ५७८ जना डिस्चार्ज

काठमाडौं,२१ पुस ।
नेपालमा मंगलबार थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ५५१ जनाको पिसिआर परीक्षण गर्दा ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५७८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ५५ हजार ६६६ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

हालसम्म ९७ दशमलब ३ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्कीएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप आठजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म १ हजार ८९३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् । देशभर हाल ३४२ क्वारेन्टाइनमा रहेका छन् ।

मंगलबार पुष्टि भएका संक्रमितमध्ये २३२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

You might also like